Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत ५ ।बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो ।
यसअघि बुधवार हिजो बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई ​टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले बताउनुभयो ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।
बिहीवार नियन्त्रणमा लिइएको बाघले एक वर्षमा पाँच जनालाई आक्रमण गरेको अनुमान छ । पछिल्लो पटक गएको मङ्गलवार एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्ज र डिभिजन वन कार्यालयको टोलीले अनुगमन गर्दै आएका छन् ।
बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय