Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

५ चैत । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ ।
अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो ।
चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब क्वाटरफाइनल पुगेका छन् । यस्तै जर्मनीबाट बार्यन र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् ।
यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ । स्पानिस क्लबहरु बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया भने अन्तिम १६ बाटै बाहिरिए ।
फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ए बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् ।
इटालियन क्लब युभेन्ट्स, लाजियो र एटलान्टा अन्तिम १६ बाटै बाहिरिएका हुन् ।
क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता समेत हुन् । पीएसजी गत सिजन फाइनल पुगेपनि बार्यनसँग पराजित भएको थियो । सिटीको उत्कृष्ट नतिजा २०१६ मा सेमिफाइनल पुग्नु थियो ।
अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ । क्वाटरफाइनलको पहिलो लिगका खेलहरु अप्रिल ६र७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३र१४ मा हुनेछ ।
यस्तै सेमिफाइनलको पहिलो लेगका खेलहरु अप्रिल २७र२८ मा हुनेछ भने दोस्रो ग मे ४र५ मा हुनेछ ।
फाइनल खेल मे २९ मा टर्कीको स्तानबुलस्थित आटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय