Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

४ चैत । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवर्द्धनका लागि नगरपालिकाले करिब रु ३६ लाख उपलब्ध गराउने भएको हो ।
पछिल्लो समय जिल्लाको गैँडाकोट नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात रहेको छ । गैँडाकोटमा मकै प्रवर्द्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएको छ । गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को स्वीकृत सङ्घीय मकै प्रवर्द्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता भएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो ।
कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तिमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उहाँले बताउनुभयो । मकै खेती लगाए वापत नगरपालिकाको तर्फबाट रु ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । ३० बिघा क्षेत्रफललाई एकटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ ।
सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । मकै प्रवर्द्धन कार्यक्रममा सहकारीमार्फत नगर क्षेत्रका सबै कृषकले सहभागिता जनाउन सक्नेछन् । मकै लगाउन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ ।
अनुदानमा मकै खेती गरिने स्थलमा आयोजनाको होर्डिङ बोर्ड राख्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने उल्लेख गरिएको छ । विसं २०७८ जेठ भित्र कार्य सक्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, कृषि अधिकृत राजुप्रसाद शर्मा र विनायक कृषि सहकारी संस्थाको तर्फबाट अध्यक्ष तिलकप्रसाद कँडेलले हस्ताक्षर गर्नुभएको छ ।
नगरपालिका र कृषि सहकारीबीच मकै खेती प्रवर्द्धनका लागि भएको सम्झौतापछि नगरपालिकामा मकै लगाउने कृषक तथा उत्पादन थप बढ्ने नगरपालिकाको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय