Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत ४ । जिल्ला निर्वाचन कार्यालय संखुवासभाले मध्यावधि चुनावका लागि भन्दै विभिन्न शीर्षकमा ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते संसद विघटन गर्दै आगामी ०७८ वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गर्ने समय तोक्नुभएको थियो । मध्यावधि चुनाव तोकेसँगै सरकारले निर्वाचन आयोगलाई निर्वाचन तयारी गर्न भन्दै जिल्ला स्तरसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका थिए ।
निर्वाचन आयोगले निर्वाचनको तयारीमा जुट्न निर्देशन आएपछि संखुवासभा जिल्ला भित्रका १० वटै स्थानीय तहको मतदाता नामवली अद्यावधिक गर्ने काम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दंगालले बताउनुभयो ।
उहाँका अनुसार, निर्वाचनलाई नै केन्द्रित गरेर जिल्लाका १० वटै स्थानीय तहको मतदाता नामावली नियमित कार्यक्रम अन्तर्गत अद्यावधिक गरिएको हो । मध्यावधि निर्वाचनको नै लागि तोकेर विभिन्न शीर्षकमा ५ लाख ८५ हजार रुपैयाँ मध्ये ५ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ खर्च गरिसकेको जिल्ला निर्वाचन कार्यालय प्रमुख दंगालले बताउनुभयो ।
‘निर्वाचन आयोगबाट सवारी साधन मर्मत, औजार उपकरण मर्मत, सञ्चार र प्रोत्साहन भत्ता वापत सो रकम खर्च गरेको हो’, निर्वाचन कार्यालय प्रमुख दंगालले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय