Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत ४ । किसानले बजार नपाएको र तरकारी बजारमा बिचौलिया हावी भएको गुनासो बढे पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानका लागि छुट्टै स्टल राख्ने व्यवस्था गरेको छ ।
फलफूल तथा तरकारी बजार विकास समिति बोर्डको हिजोकोे बैठकले किसानका लागि छुट्टै १२ वटा स्टल राख्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब किसानले आफूले उत्पादन गर्ने तरकारी तथा फलफूल लगेर सिधै स्टलमा राखेर बेच्न पाउने छन् । यसअघि व्यपारीले किसानबाट तरकारी खरिद गरी बिक्री गर्दै आएका थिए ।
एक जना किसानले २० घण्टाका लागि यो स्टल प्रयोग गर्न पाउने छन् । यदि कुनै किसानले आफ्नो तरकारी बेचिसकेर स्टल खाली भए अर्को किसानले पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको समितिका अध्यक्षसमेत रहेका कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो । अब देशका जुनसुकै किसानले यो स्टलमा आएर आफ्नो उत्पादन बेच्न पाउने उहाँले बताउनुभयो ।
टाढा टाढाबाट आउने किसानका लागि भने एउटा रिजर्भ स्टलको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । स्टल प्रयोग गरेबापत किसानले प्रतिकेजी २० पैसाको दरले दैनिक भाडा तिर्नुपर्ने व्यवस्था गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा उपभोक्ताले पनि साढे दुई किलोदेखि बढीका तरकारी थोक मूल्यमा नै खरिद गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय