
३ चैत। पर्साका एकजना व्यक्ति इँटा भट्टामा परेर गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका(२ का ५० वर्षीय कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।
वीरगञ्ज महानगरपालिका(३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर मियाँ गम्भीर घाइते भएका हुन् । यो उद्योगका सञ्चालक मियाँ आफै हुन् ।
मियाँको शरीरको ५० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डीएसपी० ओमप्रकाश खनालले जानकारी दिए ।
उनलाई नारायणी बयोधा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खनालले बताए । उनी भट्टा हेर्न गएको बेला त्यही खसेको प्रहरीको भनाइ छ ।