Nepali Unicode | Preeti to Unicode

निर्देशक कुलमान घिसिङ यतिबेला  चर्चामा रहेका छन् । चार वर्षे सफल कार्यकाल सकिनै लाग्दा घिसिङ देशभर चर्चामा रहेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा उक्त संस्थाको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा नेपाली सर्वसाधारण जनता थिए ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न राजनीतिक दौडधुप सुरु भएको छ। उनको कार्यकाल सकिनु केही महिना अघिदेखि नै कार्यकारी निर्देशक बन्न आकांक्षीहरूको दौड सुरु भएको थियो।

स्रोतका अनुसार प्राधिकरण बाहिरबाट विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह कार्यकारी निर्देशकको दौडमा छन्।

ऊर्जा मन्त्रीसँग उनको राम्रो सम्बन्ध भएकाले सिंहले दौडधुपगरिरहेको स्रोतले बतायो छ । स्रोतका अनुसार १० करोड नेपाली रुपैया लिएर उनि काठमाडौँ पुगेका हुन।

कुलमान घिसिङ भदौं २९ गते चार वर्षे कार्यकाल सकेर विदा हुँदैछन् । तर उनको कार्यकाल पुनः थप होस् भन्ने सुभेक्षा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट राखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर