
२६ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच वटा प्रदेश कार्यसमितिको अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। आज पार्टीका अध्यक्षत्रयले पार्टीको विधान बमोजिम अध्यक्ष र उपाध्यक्ष चयन गरेको राप्रपाले विज्ञप्तिमार्फत जनाएको छ।
ुराष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षबाट पार्टीको विधान बमोजिम प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्षमा निम्नानुसार मनोनयन गर्नु भएको छ,ु पार्टीका केन्द्रीय सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।