Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

२५ फागुन । दैलेखको आठविस नगरपालिकाकी एक महिलाले चार सन्तानसहित नदीमा हामफालेकी छन्। नगरपालिका –३ स्थित ३५ वर्षीया सुनिता बडुवालले १९ वर्षीय छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेरको प्रहरीको अनुमान छ।
राकम कर्णाली प्रहरीका अनुसार चार सन्तानमध्ये १५ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिताको शव अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसाल नजिकै कर्णाली नदीमा सोमबार फेला परेको हो। फेला परेको शवको दुवै हात बाँधिएको अवस्थामा रहेको प्रहरी इन्चार्ज ज्ञानबहादुर रानाको भनाई छ। बाँकी दुई जनाको खोजी भईरहेको छ। प्रहरीकाअनुसार आइतवार अपरान्ह चार बजेतिर एक छोरा र तीन छोरी लिएर सुनिता घरबाट निस्केकी थिइन्।
घर झगडाका कारण सुनिताले छोराछोरी सहित हात्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। ‘दुई छोरीको शव फेला परेसँगै सुनिताको श्रीमान्लाई नियन्त्रणमा लिएका छौँ।’ इन्चार्ज रानाले भने, ‘घरझगडाको कारणले होकी भन्ने छ, खास किन र कसरी घटना हुन पुग्यो विस्तृत अनुसन्धान भईरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय