Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

कोभिड १९ का कारणले पर्यटन र होटल व्यवसाय क्षेत्र शून्य अवस्थामा पुगेको छ । कोभिडको कारण मानवीय चहलपहल हुन नपाउँदा होटल र पर्यटन व्यवसाय शून्य अवस्थामा पुगेको हो ।

नेपालमा कोभिड १९ ले गर्दा मानवीय चहलपहल रोकिएको छ महिना भयो । यो अवधिमा होटल र पर्यटन व्यवसायमा आश्रित ठूलो संख्याका मजदुरले रोजगारी गुमाएका छन् । कोरोना महामारीकै कारण विराटनगरको पुरानो होटल जेनियल बन्द भएको छ ।

प्रदेश १ मा सानाठूला होटलमा काम गर्ने ४० हजारभन्दा बढीले रोजगारी गुमाएको होटल तथा पर्यटन व्यवसायी भविष श्रेष्ठ बताउँछन् । तराईदेखि हिमालसम्म पर्यटन व्यवसायमा प्रत्यक्ष रोगाजारी पाउने ३० हजार कामविहीन भएको उनले बताए ।

प्रदेश १ मा पाँच सयभन्दा बढी ठूला पर्यटक स्तरका होटलहरु छन् । मध्यम स्तरका होटल लज तीन हजार हाराहारी छन् । होटल सञ्चालन नहुँदा कार्यरत अधिकांसले रोजगारी गुमाएको उनले बताए ।

कोभिडका कारण छ महिनादेखि होटल र पर्यटन क्षेत्र बन्द छन् । पर्यटनसँग जोडिएको ट्राभल, ट्रेकिङका गाइड, भरिया, र्‍याफटिङ, पर्यटक गाडीका कर्मचारी सबै कामविहीन अवस्थामा पुगेको व्यवसायी श्रेष्ठले बताए ।

होटलहरु बन्द अवस्थामा रहेकाले कर्मचारी पनि कामविहीन हुन पुगेको होटल व्यावसायी राजन श्रेष्ठले बताए । उनका अनुसार अहिले प्रदेशका होटलहरुले दुईचारजना अत्यावश्यक कर्मचारीमात्र राखेका छन् ।

होटल सञ्चालनका लागि व्यवसायीको माग

महामारीका कारण होटल र पर्यटन व्यवसाय नै नाजुक अवस्थामा पुगिसकेको व्यवसायी बताउँछन् । अब पनि यो क्षेत्रलाई सञ्चालनमा नल्याउने हो भने आर्थिक संकटको अवस्था सिर्जना हुने उनीहरुको भनाइ छ ।

यो महामारीको अवस्था कहिलेसम्म रहने कुनै टुङ्गो नभएकाले स्वस्थ्य मापदण्ड बनाएर होटल सञ्चालन गर्नुपर्ने व्यवसायी राजन श्रेष्ठ बताउँछन् ।

हवाइ र सार्वजनिक यातायात सञ्चालन गरी पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । बाह्य पर्यटक आउन नसक्ने बताउँदै उनले आन्तरिक पर्यटनलाई चलायमान बनाउनु पर्ने बताए ।

प्रदेश १ मा आउने भारतीय पर्यटकको संख्या धेरै हुन्छ । तर भारत पनि महामारी उच्च बिन्दुमा पुगेका कारण आक्रान्त भएकाले त्यहाँका पर्यटक आउने सम्भावना नरहेको पर्यटन व्यावसायी भविष श्रेष्ठ बताउँछन् । सुरक्षा मापदण्ड अपनाएर आन्तरिक पर्यटनलाई नै चलायमान बनाउन सकिने उनले बताए ।

सरकारले साउन महिनामा केही समय खुकुलो बनाउँदा प्रदेश १ का धरान, भेडेटार, इलाम, कन्यामलगायतका स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढेको उनको अनुभव छ । बन्द भइरहेको यो व्यवसायलाई स्वस्थ्य मापदण्ड बनाएर खोल्न सकिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय