Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

फागुन २५ ।खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन्
पाँच जनाको रु पाँच÷पाँच लाखको शेयर लगानीमा विसं २०७६ मा स्थापना गरिएको उद्योगबाट अहिले फर्निचरका सामग्री उत्पादन एवं बिक्री वितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको लगानीकर्तामध्येका रविनकुमार राईले बताएका छन् ।
स्थानीय वन÷जङ्गलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सामूहिक लगानीमा उद्योग स्थापना गरिएको जनाइएको छ । काष्ठ उद्योगबाट हाल कुर्सी, टेबल, दराज, सोफालगायतका फर्निचरका सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको जनाइएको छ ।
विशेषगरी अर्डर आएअनुसारको फर्निचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालकले बताएका छन् । नेपाली कागज उद्योगबाट हाते तथा कम्प्युटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ । नेपाली कागज उत्पादन गर्न अहिले अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको बोक्रा सङ्कलनको काम भइरहेको जनाइएको छ । लगानीकर्तामध्ये रामकुमार कार्कीका बुबा कृष्णबहादुर कार्कीले विसं २०३४ मा स्थापना गरेकै कागज उद्योगलाई सामूहिकरूपमा सञ्चालनमा ल्याइएको हो ।
उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादनसँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् । माछा र हाँसपालनका लागि उद्योग नजिकै तीनवटा पोखरीसमेत निर्माण गरिएको रामकुमार कार्कीले जानकारी दिए । “पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ”, उनले भने, “ उद्योगसँगै तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको छ ।” रामकुमारले वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा सात वर्ष बिताएका थिए । मलेशिया बसाइका क्रममा सिकेको सीपलाई उनले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहेका छन्।
यस्तै पाँच वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थातथलोमा केही गरौँ’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल हुनुभएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश युवाले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर फर्किएपछि आफ्नै गाउँमा स्वरोजगारमूलक व्यवसाय शुरु गरेका छन् ।
यसैबीच खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको छ । समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको हो । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । चालु आवमा लिच्कीराम्चेसहित वडा नं ३ सावाकटहरे र वडा नं ४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत तीनवटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ । यसबाहेक वडास्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोजलगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । लिच्कीराम्चेमा आइतबार आयोजित दलितसँग गाउँपालिकासम्बन्धी अभिमुखीकरण गोष्ठी गरिएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय