Nepali Unicode | Preeti to Unicode

२५ फागुन । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने तयारीमा छौं ।’
सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको बताउँदै उनले भने, ‘त्यो काम आज त गर्नैपर्ने छ ।’
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा राखिएको थियो ।
आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय