Nepali Unicode | Preeti to Unicode

फागुन २४ । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टम ९सीबीएस० टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन् ।
दुई घण्टा लामो अन्तर्वार्तामा उनीहरूले जातीवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन् । मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीको छालाको रङ्गलाई लिएर राजपरिवारका सदस्यले टिप्पणी गरेका र उनलाई राजकुमार बनाउन नचाहेको दाबी पनि गर्नुभएको छ ।
शाही सदस्यको रूपमा आफू दरबारमा एक्लिएको र मानसिक रूपमा अस्वस्थ्य बनेको समेत मेगन मर्केलको भनाइ छ । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।
गएको महिनामात्रै उनीहरूले राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरेका थिए । अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन् ।
ह्यारीले बुबा राजकुमार चार्ल्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको र आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छाडेको पनि बताउनुभयो । राजपरिवारसँग आफुहरुको सम्बन्ध बिग्रनुको मुख्य कारण जातीय ९नस्लीय० विभेद रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय