Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

२४ फागुन । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी दाहाल-नेपाल समूहमै फर्किएका छन्। पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि दुई कित्तामा विभाजित नेपाल कम्युनिष्ट पार्टी ने क पामा पूर्वमाओवादी पृष्ठभूमिका जोशी नेता लेखराज भट्टसँगै केपी ओली समूहमा प्रवेश गरेका थिए।
ओली समूहमा प्रवेश गरेको दुई महिनापछि जोशी सोमवार विहान दाहाल(नेपाल समूहमा फर्किएका हुन्। जोशी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
जोशीलाई आज विहान दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ विना मगरसहित कञ्चनपुरका पार्टी नेताको उपस्थितिमा खुमलटारमा स्वागत गरेको उनी निकट नेकपा कञ्चनपुरका नेता अर्जुन साउदले जानकारी दिए। ‘केपी ओलीको प्रतिगामी, स्वेच्छाचारी, निरंकुश कदम ठिक लागेन। सुरुमा बुझ्न सकिएन। अहिले बुझेर फर्किएको हुँ,’ जोशीको भनाइ उद्धृत गर्दै साउदले भने।
हाल सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भट्ट भने ओली समूहमै छन्। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र व्युँताएकाले भट्टसहित ओली समूहमा लागेका माओवादी मन्त्रीलाई अफ्ठ्यारो अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय