Nepali Unicode | Preeti to Unicode

२४ फागुन । म्यानामारमा सैन्य कू पछि पक्राउ परेका आङ सान सूचीको पार्टीका एक अधिकारीको प्रहरी हिसासतमा मृत्यु भएको छ।
यागौंमा प्रहरीले विभिन्न स्थानमा छापा मार्दा नेशनल लिग फर डेमोक्रेसीका सदस्य उ खिन माउङ लाटलाई नियन्त्रणमा लिइएको थियो। प्रहरी हिरासतमा रहेको बेला बेहोस भएको ढलेपछि उ खिनको मृत्यु भएको दाबी प्रहरीले गरेको छ।
प्रजातन्त्रको पक्षधर अभियन्ताहरुले भने प्रहरीले र सेनाले उ खिनलाई यातना दिएको कारण मृत्यु भएको आरोप लगाएका छन्।
माघ १९ गते सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सत्ता आफ्नो नियन्त्रणमा लिएपछि जुन्ता सरकारविरुद्ध दैनिक प्रदर्शन भइरहेको छ। प्रहरीसँगको मुठभेडमा करिब ५५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय