Nepali Unicode | Preeti to Unicode

फागुन २३ ।नेकपा ओली पक्षले विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेको निर्णय तुरुन्त दर्ता गर्ने तर आफूहरुको दर्ता नगर्ने भन्दै प्रचण्ड(नेपाल पक्षका सांसदहरुले दर्ता गर्न दवाब दिइरहेका छन् ।
उनीहरुले आफूहरुको निर्णय दर्ता नगरी महासचिवलाई बाहिर निस्कन नदिने बताइ रहेका छन । सम्पूर्ण सांसदहरु महासचिवको कार्यालय बाहिर छन् । तर महासचिवले कानुनी परामर्श बिना दर्ता गर्न नसकिने भनेर अडान लिइरहेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आइतबार सो पक्षको हिजो बसेको दलको बैठकका निर्णयहरु सचिवालयले दर्ता नगरेपछि महासचिव डा। भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए ।
प्रचण्ड माधव समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय