Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

काबुल, २४ भदौ । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ ।

उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।

विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रूपमा केही भएको छैन ।

उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएका छन् । उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ ।’

स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय