Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
स्वास्थ्य र शिक्षा निजी क्षेत्रलाई दिनु हुँदैनः मुख्यमन्त्री गुरुङ
Nepali Unicode | Preeti to Unicode

फागुन २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले विपदका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनीय रहेको वताए ।
मुख्यमन्त्री गुरुङले संकटको बेला निजी स्वास्थ्य संस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना समेत गरे । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका राम्रो देखिएन’ उनले भने, ‘राज्यलाई आवस्यक परेको वेला निजी क्षेत्र सहयोगी बन्न सकेन, संकटमा सेवा दिन हिच्किचाउने स्वास्थ्य संस्थाको औचित्य छैनन् ।’
उनले तीन तहको सरकार वीच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने बताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नु पर्नेमा जोड दिए। स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र गरिवीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने समेत वताए ।
मुख्यमन्त्री गुरुङले वर्तमान सरकारले जनताका पक्षमा राम्रो काम गर्दा पनि पार्टीका नेताले साथ नदिएका कारण अहिलेको परिस्थिती आएको वताए । उनले जनताबाट तिरस्कृत भएकाहरुले पार्टी र सरकार चलाउन खोजेको र त्यो कार्य पुरा हुन नसक्ने बताए ।
पूर्वमन्त्री जगत विश्वकर्माले परिवर्तन संगसंगै जनताले विकास र समृद्धिको अनुभव गर्न पाएको वताए । उनले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आफ्नो प्रयास जारी राख्ने वताए ।
संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको १ करोड ४३ लाख रुपैयाँको लागतमा १२ कोठे भवन निर्माण गरिएको हो ।
हाल स्वास्थ्य चौकीबाट वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक र ओपीडी लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय