Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

२३ फागुन। नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनी मीना खड्कालाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री गरेको आरोपमा ९ जनालाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने ४७ वर्षीय विजयकुमार खड्का, धादिङ नीलकण्ठ नगरपालिका पतेनी घर भई हाल चितवनको राप्ती नगरपालिका–२ पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका–४ का रामचन्द्र पुडासैनी भनिने पुण्डेप्रसाद काफ्ले, संखुवासभा नूनढाकी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने ६३ वर्षीय इन्द्रबहादुर खत्री भनिने इन्द्रबहादुर घले रहेका छन् । यस्तै पक्राउ पर्ने अन्यमा रामेछापको मन्थली नगरपालिका–११ का बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको ठूलोधादिङ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने लक्ष्मी घतानी रहेका छन् ।
यसैगरी ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने कृष्ण थापा मगर भनिने कृष्णबहादुर दर्लामी र झापाको कचनकवल गाउँपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ४५ वर्षीय कृष्णबहादुर कटुवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले कीर्ते लालपूर्जा बनाइ जग्गा बिक्री गर्ने प्रक्रियाका लागि मीना खड्काको ठाउँमा लक्ष्मी घतानीलाई खडा गरेका थिए । जग्गाधनी मीना भने बेल्जियममा रहेकी छन् । उनीहरुले नक्कली लालपूर्जामा वास्तविक नाम मीना खड्काको राखी फोटो लक्ष्मी घतानीको टाँसेको पाइएको छ ।
उक्त जग्गा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ का कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी माका श्रेष्ठ, कृष्णभक्त माका श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठलाई बिक्री गरी ७२ लाख रुपैयाँ ठगी गरेका थिए ।
यसैगरी सोही जग्गा काभ्रेको धुलिखेल बस्ने कुमार दाहाल खत्रीलाई प्रतिआना १० लाख ५० हजार मूल्यांकनमा राजीनामा पास गरी दिने भनी खत्रीबाट २०७६ मंसिर ३० गते बैना बापत ३५ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
जग्गा खरिद गर्ने ५ जना र वास्तविक जग्गाधनी मीना खड्काले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
यसैगरी गत माघ ७ र २० गते कीर्ते कागजातको आधारमा जग्गा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय कलंकीमा कार्यरत तीनजना कर्मचारी भने धरौटीमा छुटेका छन् ।
तत्कालीन समयमा मालपोत कार्यालय कलंकीमा कार्यरत शाखा अधिकृत दीपक दाहाल र सोही कार्यालयमै नायब सुब्बा पदमा कार्यरत नारायण श्रेष्ठ ४ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् भने तत्कालीन समयमा मालपोत कार्यालय कलंकीमा खरिदार पदमा कार्यरत दीपा पंज्ञानी एक लाख रुपैयाँ धरौटीमा छुटेकी छन् ।
पक्राउ परेका ९ जनामाथि ठगी, लिखतसम्बन्धी कसूर र संगठित अपराधको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय