Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

२३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख अग्नि सापकोटालाई भेटेका छन्।
आज बिहान अध्यक्ष दाहाल र नेपालले संसद् सचिवालय पुगेर सभामुखलाई भेटका हुन्। आज दिउँसो प्रतिनिधिसभा विघटनपछि सर्वोच्चले दिएको आदेश अनुसार पहिलो बैठक बस्दैछ। बैठक अघि दुई नेताले सभामुख भेट्नुलाई महत्वको साथ हेरिएको छ।
उनीहरुको सभामुखसँग आज बस्ने बैठकका बारेमा छलफल भएको थियो। प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत अध्यक्ष दाहाल र नेपाल समूहले आजको बैठकमा प्रधानमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छन् कि गर्दैनन् भन्नेमा धेरैको ध्यान केन्द्रित छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। उनको उक्त कदमको विरोध गर्दैं दाहाल नेपाल समूह सडक संघर्षमा उत्रिएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको कदमलाई गैर संवैधानिक ठहर्‍याउँदै १३ दिन भित्र प्रतिनिधिसभाको बैठक डाक्न आदेश दिएको थियो। आज त्यो १३ औं दिन हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसद बैठक आह्वान गरेकी हुन्।
सत्तारुढ दलका दुई पक्षबिच कसले धेरै सांसद आफ्नो पक्षमा पार्ने होडबाजी चलिरहेकै अवस्थामा आजबाट सुरु हुने बैठकलाई धेरैले महत्वका साथ लिएका छन्। त्यसैंबिचमा दाहाल र नेपालको सभामुख सापकोटालाई भेटेका हुन्।
ओली पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको दावी गर्दै आएको छ भने त्यस्तै दावी छ दाहाल नेपालको। सभामुखसँग भेटमा आज बैठकमा प्रवेश गर्ने कार्यसुचिको विषयमा छलफल भएको गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय