
फागुन २१ । नेपाली काँग्रेसवीपीका सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिबोल भट्टराईलाई हृदयाघात भएको छ । नेपाली कांग्रेस वीपीका सभापति हरिबोल भट्टराईको स्वास्थ्यवस्थामा अवस्थमा सुधार आएको छ । घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार सम्भव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो ।
नर्भिकमा नेता भट्टराईको डा।जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो । सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आजदेखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न थाल्नुभएको डा। जैसवालले बताए ।