Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भारतीय युवकको शव आफन्तलाई बुझाइने
Nepali Unicode | Preeti to Unicode

फागुन २१ । कञ्चनपुरको बेलौरी नगरपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमि दान राघव पुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
“नेपाल–भारत सीमा कटेर करिब ३०० मिटर वर आइसकेका चार भारतीय युवकसित झोला देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै फायर गरे”, उनले भने “जवाफी फायरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।” घटनालगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्र्पकमा आएपछि मृतकको पहिचान खुलेको थियो ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीसहितको टोलीले आज बिहाज घटनास्थलको स्थलगत अनुगमन गरेको छ । “हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेकै छौँ”, प्रवक्ता थापाले भने, “शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।” भारतीय पक्षसित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिए ।
मृतकका आफन्त प्रहरीको सम्र्पकमा रहेको बताउँदै उनले मृतक सिंह लामो समयदेखि उक्त क्षेत्रमा लागुऔषध, नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेर तस्करी गर्दै आएको खुल्नमा आएको जानकारी दिए । उनले भने, “अन्य तीन भारतीय तस्कर भने फरार छन् ।” उक्त दोहोरो भिडन्तमा नेपाल प्रहरीका जवान वीरसिंह साउद सामान्य घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय