Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

फागुन २१ । जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भयानक रुपमा देखापर्न थालेको छ ।टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्तनको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । तर, यसको प्रयोग कसरी गर्ने

पहिलो तरिका
बन्दा गोभीलाई प्लास्टिकमा राखेर १० देखि १५ मिनेटसम्म फ्रिजमा राख्ने । फ्रिजमा राखेको बन्दा गोभीको पातलाई दुखाई भएको अंगमा राखेर तौलियाले पट्टी गर्ने । उक्त चिसो भएको बन्दा गोभीको पात शरीरको तापक्रममा तातो हुन्छ र युरिक एसिड पग्लिन थाल्छ । जसले दुखाई कम गर्छ ।

दोस्रो तरिका
यदि पैतालामा दुखाई भएको छ भने बन्दा गोभीको पात बेरेर प्लाष्टिकले बाँध्ने र त्यसलाई ३० मिनेटसम्म छोडिदिने गर्दा आराम मिल्छ ।

तेस्रो तरिका
बन्दा गोभीको पातलाई पिसेर निकालेको रस दुखाई भएको ठाउँमा लगाउने र कपडाले बाँध्ने । यसलाई १५ देखि २० मिनेट छोडिदिने । यसो गर्दा दुखाई कम हुन थाल्छ ।

चौँथो तरिका
कराई वा प्यानको हल्का तातो बनाएर बन्दा गोभीको पात तताउने । बन्दा गोभीको पात हल्का तातो भएपछि दुखेको ठाउँमा राखेर ४५ मिनेट छोडिदिने जसले दुखाई कम गर्छ ।

चोटमा
चोट लागेको समयमा पनि बन्दा गोभीको पातले ब्यान्डेज गर्दा दुखाई कम हुन्छ ।

टाउको दुखाई
थकावट वा अन्य कारणले टाउको दुखेमा बन्दा गोभीको पात चिसो बनाएर रातभर टाउकोमा राखेर कपडाले बेरेर सुत्ने गर्दा बिहानसम्म टाउको दुखाई कम हुन्छ ।

स्तनको दुखाई
स्तनपान गराउने महिलाहरुको स्तनमा दुखाई हुने तथा सुन्निने समस्या धेरै हुन्छ । यस्तो समयमा बन्दा गोभीको पातलाई १ घण्टा फ्रिजमा राख्ने र २० मिनेटसम्म स्तनको निप्पल ढाक्नेगरी पातले बेरेर राख्दा यसको दुखाई कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय