Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

२१ फागुन। पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो ।
सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
पुनःस्थापित संसदको बैठक यही फागुन २३ गते अपराह्न चार बजे बस्दै छ । यसअघि नै कांग्रेसले आफ्ना सांसदहरुलाई पुनःस्थापित संसद बैठक नबसेसम्म काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइसकेको छ ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको कांग्रेसले संसद पुनःस्थापनापछि नेकपाका दुई खेमामध्ये कसलाई साथ दिने भनेर स्पष्ट निर्णय गरिसकेको छैन । बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पनि विनानिष्कर्ष टुंगिएको थियो ।
नयाँ सत्ता समीकरणमा कांग्रेस निर्णायक अवस्थामा छ । प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए पनि ओली पक्ष सो प्रयासलाई असफल बनाउने रणनीतिमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय