Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन २१ ।दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदैछन् । सरकारसँग चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेपछि चन्द काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सम्झौता समारोहमा सहभागी हुन लागेका हुन् । कार्यक्रममा आफ्नै जनसेनाको सुरक्षा घेरामा चन्द सहभागी हुने बताइएको छ ।

समारोहमा सरकारसँग भएको सम्झौतामा हस्ताक्षर गर्नुका साथै चन्दले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । सरकार र चन्द नेकपाबीच भएको विस्तृत राजनीतिक सहमति पनि सोही कार्यक्रममा सार्वजनिक हुँदैछ । सरकारसँगको सहमतिसँगै भुमिगत राजनीति गरिरहेको नेकपा चन्द समूह खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ । सरकारले २०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
सहमतिसँगै बिहीबार नै सरकारले प्रतिबन्ध फुकुवा गर्नुका साथै पक्राउ परेका सबैलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय