Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फागुन २१ ।दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदैछन् । सरकारसँग चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेपछि चन्द काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सम्झौता समारोहमा सहभागी हुन लागेका हुन् । कार्यक्रममा आफ्नै जनसेनाको सुरक्षा घेरामा चन्द सहभागी हुने बताइएको छ ।

समारोहमा सरकारसँग भएको सम्झौतामा हस्ताक्षर गर्नुका साथै चन्दले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । सरकार र चन्द नेकपाबीच भएको विस्तृत राजनीतिक सहमति पनि सोही कार्यक्रममा सार्वजनिक हुँदैछ । सरकारसँगको सहमतिसँगै भुमिगत राजनीति गरिरहेको नेकपा चन्द समूह खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ । सरकारले २०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
सहमतिसँगै बिहीबार नै सरकारले प्रतिबन्ध फुकुवा गर्नुका साथै पक्राउ परेका सबैलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय