Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सडक दुर्घटनामा परी एक युवकको मृत्यु
Nepali Unicode | Preeti to Unicode

२० फागुन ।मोरङको सुन्दरहरैंचा नगरपालिकामा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
नं १ प्रहरी कार्यालयका अनुसार बुधबार राती झण्डै ९ बजे मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा २० वर्षका अजित चौधरीको मृत्यु भएको हो। प्र। १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाईकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुन्दरहरैंचा नगरपालिका – ३ का स्थानीय बासिन्दा चौधरी मोटरसाईकलको पछाडि बसेका थिए। मोटरसाईकल चालक ३१ वर्षीय देवकुमार चौधरी सामान्य घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक विपिन रेग्मीका अनुसार घटना भएपछि दुवैलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो।
चौधरीको उपचारका क्रममा बिहीबार ५ बजे मृत्यु भएको हो। प्रहरीले मोटरसाईकल र चालक देवकुमार चौधरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रण राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय