Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

फागुन २० । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित शारदा माध्यामिक विद्यालयमा बुधबार २७३ जना अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
विद्यालयकी नर्स समीक्षा लामिछानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
डा। मुकेश कुमार श्रेष्ठ, सर्जन डा। सुन्दर कुमार श्रेष्ठ, दन्त विशेषज्ञ डा। स्वेच्छा शाह, डा। डोजेन्द्र बस्नेत लगायतको टोलीले शिविरमा १५३ जना महिला र १२० जना पुरुषलाई स्वास्थ्य सेवा प्रदान गरेको नर्स लामिछानेले जानकारी दिइन् ।
अभिभावकहरुले शिविरमा सुगर र प्रेसर, थाइराइड, मिर्गौला, मुटु, पेट, छाती दाँत, हाडजोर्नी र स्त्री रोग सम्बन्धी सेवा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय