Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

१९ फागुन। नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ ।
यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।
अयोध्या उडानमा उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको समेत चासो रहेका कारण अयोध्यातर्फ अनुमति प्राप्त हुने विश्वास कम्पनीको छ ।अयोध्यामा भारतले राम मन्दिर बनिरहेको छ, जनकपुर सीताको माइती शहर हो ।
कम्पनीले यसअघि काठमाडौंबाट वनारासका लागि सिधा उडान गरिरहेको थियो । यो रुटको उडान लकडाउन र प्रतिवन्धपछि झिकिएको थियो । त्यसअघि बुद्धले कलकत्ता उडानमा समेत हात हालेको थियो । यो रुटमा अपेक्षित सफलता प्राप्त भएन । तर, जनकपुर(अयोध्या उडानमा भने पर्याप्त यात्रु पाउने अपेक्षा कम्पनीको छ ।
बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुने भएको छ । आन्तरिक तयारी शुरु भएको र अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण निकट भविष्यमा यस रुटमा उडान गरिने कम्पनीले जनाएको छ ।
भारतले नै बनाएको रामायण सर्किटको एक महत्वपूर्ण अंश जनकपुर पनि हो । यसले समेत भारतयि र नेपाली पर्यटकलाई सेवा दिन सहज हुने कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय