Nepali Unicode | Preeti to Unicode

१९ फागुन । ललितपुरको नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस हिँडेकी एक जना छात्राको मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिँदा १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक स्थायी घर भएकी मृतक ललितपुरको बागडोल बस्दै आएकी थिइन् । कोटेश्वरको मल्टिपल क्याम्पसमा अध्ययनरत उनी जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
सडक पार गर्ने क्रममा उनलाई जीपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनापछि जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय