Nepali Unicode | Preeti to Unicode

१९ फागुन । स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो।
नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ।
यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।
चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा मंगलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ मूल्य निर्धारण भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय