Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

फागुन १९ । जनता समाजवादी पार्टी नेपाल निकट पत्रकार संगठनको समायोजन सम्पन्न भएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर बनेको जसपा निकट पत्रकार संगठनको नाम प्रेस मञ्च नेपाल राखिएको हो । जसमा १७१ सदस्यीय कार्यसमिति रहने भएको छ भने ४१ सदस्यीय कार्यकारिणी सदस्य र ३१ सदस्यीय पदाधिकारी रहने दुवै पक्षमा सहमति भएको छ ।
तत्कालिन समाजवादी पार्टीका पत्रकार संगठनले अध्यक्ष र कोषाध्यक्षसहित १६ जना पदाधिकारी पाएको छ भने तत्कालिन राजपा नेपालका पत्रकार संगठनले महासचिवसहित १५ जना पदाधिकारी पाएको छ । प्रेस मञ्चको अध्यक्ष केशव अर्याल रहने टुंगो लागेको छ भने अन्य पदाधिकारीहरूको बारेमा दुवै संगठनको छुट्टा छुट्टै छलफल भइरहेको छ । नेपाल पत्रकार महासंघको आसन्न चुनावलाई लक्षित गर्दै जसपा नेपालले पत्रकारहरुको संगठनलाई समायोजन गरी संगठित गर्न लागेको हो ।
प्रेस मञ्चको संगठन प्रदेश २ मा बलियो रहेको छ । अन्य प्रदेशमा त्यस्तो खासै संगठन नदेखिए पनि केन्द्रमा बन्ने परिवर्तनकारी शक्तिको प्यानलसँग मिलेर देशैभरि उम्मेदवारी दिने प्रेस मञ्च नेपालले जनाएको छ । त्यसका लागि उनीहरुले प्रेस युनियन, प्रेस संगठन ९प्रचण्ड–माधव समूह० सँग छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय