Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

१९ फागुन ।पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीन महिला पत्रकारहरूलाई गोली हानी हत्या गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन्।
मंगलवार एनिकस रेडियो र टेलिभिजनका कार्यरत पत्रकार कार्यालयको कामपछि पैदल घर जाने क्रममा तीनजना पत्रकार दुई छुट्टाछुट्टै आक्रमणमा मारिएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
लडाकू समूहको आक्रमणमा मारिनेहरुमा २५ वर्षीया मुरसन हाकिमी, २० वर्षीया सादिया र २० वर्षीया सहनाज रहेका छन्। आक्रमणमा अर्को एक महिलम घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
यही टेलिभिजनमा कार्यकरत २६ वर्षीया मलालाई मउवान्द पनि गत डिसेम्बरमा गोली प्रहारबाट मारिएकी थिइन्।
तीन पत्रकारको हत्याको जिम्मेवारी इस्लामिक स्टेटले लिएको बताइएको छ। घटनास्थलबाट प्रहरीले तालिवानका एक अधिकारीलाई पिस्टोलसहित पक्राउ गरेको छ। तालिवानले भने घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय