Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
राष्ट्रपति र उपराष्ट्रपतिले पनि कोरोनाविरुद्धको खोप लगाउने
Nepali Unicode | Preeti to Unicode

फागुन १९। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् ।
सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् ।
फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअगावै कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको थियो । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय