Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

१९ फागुन । सरकारले र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता सुरु भएको छ।
आज बिहानबाट वार्ता सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता सुरु भएको छ। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डुको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई छन्।
ुवार्ता निरन्तर चलिरहेको छ। दुबै समुहबाट वार्तामा सामेल हुनुहुनुहन्छ उहाँहरु,ु नेकपा नेता सुभासचन्द्र नेवाङले भने।
गृहमन्त्री रामबहादुर थापा साढे ९ बजे नै बालुवाटार पुगेका थिए। त्यस्तै विप्लव समूहका वार्ता समिति संयोजक खड्गबहादुर विश्वकर्मा पनि बालुवाटर पुगेका हुन्। विश्वकर्मा हिजो नै काठमाडौं प्रवेश गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
विप्लव समूहले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्नु पर्ने प्रमुख माग अघि सारेको छ।
सरकारले २०७५ फागुन २८ गते नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको थियो। प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। अहिले पनि विप्लव समुहका १ सय २६ जना नेता पूर्पक्षको लागि कारागारमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय