फागुन १७। चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको ९कोभिड–१९० खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।
यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs