Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

१७ फागुन । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट ९एफपीयू–१० सर्वोत्कृष्ट ठहरिएको जनाइएको छ ।
अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरु मध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपीयू–१ लाई सर्वोत्कृष्ट युनिट घोषणा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोत्कृष्ट हुन सफल भएको भनिएको युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए ।
कुनै पनि मिसनमा तैनाथ एफपीयूहरु बीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनौट गर्ने कडीको रुपमा लिइने यस मूल्यांकनलाई एफ।पि।यु।हरुले प्राप्त गर्ने प्राप्ताङ्कका आधारमा उत्कृष्ट छनौट गर्ने गरिएको उनले जनाए ।
सशस्त्र प्रहरीका अनुसार आन्तरिक प्रतिस्पर्धामा मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारीलाई आधार बनाइएको थियो ।
प्रत्येक विधामा अधिकतम चाररचार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइएको सशस्त्र प्रहरीले जनाएको छ । १८ फेब्रुअरी सन् २०२१ मा लिईएको उक्त परीक्षण तथा मूल्यांकनमा नेपाल एफपीयू–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो ।
एसएसपी कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटी कमाण्डिङ अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा रहेका छन् ।
उक्त एफपीयूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय