
१७ फागुन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका(१ सल्यानटारमा डोजरले फालेको माटोमा पुरिएर एकजना महिलाको मत्यु भएको छ । सोमबार सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी(१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।
सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।