Nepali Unicode | Preeti to Unicode

१७ फागुन । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ दर्जी टोलमा शौचको लागि निस्केकी १२ वर्षीय बालिकालाई कुकुरले टोक्दा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
मोहम्द अख्तरकी १२ वर्षीया छोरी सिवरन खातुन सोमबार बिहान करिब एक बजे शौच गर्न निस्केकोमा कुकुरले टोकेपछि घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए।
मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठिक नरहेको धनुषा प्रहरीले जनाएको छ।
मृत्यु भएकी बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रवक्ता मिश्रले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर