Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फागुन १५ । महिला हिंसा अन्त्य गर भन्दै आज बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ । आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने राप्रमसं कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मी कुमारी हमालले बताइन् ।
केही समय अघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको भन्दै बाँकेमा नियमित जस्तै विरोध प्रदर्शन भइरहेका छन् ।
राप्रमसं कोहलपुर नगर कार्य समितिकी अध्यक्ष लक्ष्मी कुमारी हमालको नेतृत्वमा कोहलपुरको एनसीसीएन निस्किएको विरोध ¥याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदी, मिडिया नेपालका सुदुरपश्चिम सह संयोजक पुरु दाहाल लगायत नगरका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय