Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १५ । महिला हिंसा अन्त्य गर भन्दै आज बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ । आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने राप्रमसं कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मी कुमारी हमालले बताइन् ।
केही समय अघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको भन्दै बाँकेमा नियमित जस्तै विरोध प्रदर्शन भइरहेका छन् ।
राप्रमसं कोहलपुर नगर कार्य समितिकी अध्यक्ष लक्ष्मी कुमारी हमालको नेतृत्वमा कोहलपुरको एनसीसीएन निस्किएको विरोध ¥याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदी, मिडिया नेपालका सुदुरपश्चिम सह संयोजक पुरु दाहाल लगायत नगरका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय