Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

फागुन १५ । व्यवसायी गणेशप्रसाद लाठको उपन्यास ‘क्षमादान’ आगामी साता सार्वजनिक हुने भएको छ। ‘क्षमादान’ मधेशको व्यावसायिक परिवार वरपरका जालझेल र त्रासदी चित्रण गरिएको उपन्यास हो।
‘सीमित नाम लिँदा, मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका कृति पाएको छ। उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई चमत्कारी ढंगले व्यक्त पनि गरेका छन्। तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिनँ,ु मोक्षदान लेख्न प्रेरित गरेको सन्दर्भ कोट्याउँदै लाठले भने, ुसाहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए। म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्ष खोतल्न चाहन्थेँ।
प्रजातन्त्र स्थापनाकालपछिको नवोदित सहर बिरगंजमा हुर्किएका लाठको बाल्यकाल सिनेमाको सानिध्यमा बित्यो। लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो। त्यसैले यस किताबले त्यही नाटकीय शैलीलाई अंगालेको पाउँदा त्यति आश्चर्य लाग्दैन। रोमान्टिक सामाजिक नाटक रुचाउने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखकको अपेक्षा छ।
ुहामी बहुमुखी आवाजहरूलाई प्रकाशित गर्नमा प्रतिबद्ध छौं,ु प्रकाशनका तर्फबाट भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै भनिन्। ुजनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथावस्तुलाई लेखकले सटिक पाराले उजागर गरेका छन् जुन समुदाय विगतका केही दशकदेखि राजनैतिक अस्थिरताले सम्भवतः सबैभन्दा धेरै प्रभावित भएको छ। उनीहरूको कथा र यसको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन। यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतारित डोर्याउँछ भन्ने आश राख्छौं।ु
लाठ, वीरगन्जको प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन्। यस पब्लिकेसन्सबाट ुवीरगन्जु शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो।
यो पुस्तक पब्लिकेसन्स नेपालयले सन् २०२१ मा प्रकाशित हुने पहिलो कृति हो।
ुहामी यही किताबका साथ मधेस जाँदैछौं र त्यहीँबाट हाम्रो यस वर्षको प्रकाशन यात्रा सुरु हुँदैछ,ु पब्लिकेसन्स नेपालयकी सीईओ सैजन मास्केले भनिन्, ुमहामारी र लकडाउन खेपेको पुस्तक बजार बिस्तार गर्न नयाँ किताब प्रकाशनले उर्जा थप्छ।आशा छ क्षमादानले पाठकहरूलाई आकर्षित गर्नेछ।ु
नेपाली बजारका लागि ुक्षमादानुको मूल्य ४९५ तोकिएको छ। प्रकाशकका अनुसार प्रमुख पुस्तक पसलहरूमा सहजै उपलब्ध हुने यो उपन्यास ई(बुकका रुपमा थुप्रैडटकमबाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वभर उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय