Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१४ फागुन,। नेपाल सरकार र विश्व बैंकबीच ४५ मिलियन अमेरिकी डलर (करीव ५ अर्ब रुपैयाँ० बराबरको कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौता (ईआरपीए०भएको छ । सम्झौतासँगै विश्व बैंकको वन कार्बन साझेदारी सहयोग एफसीपीएफ अभियानमा नेपाल समेत सहभागी भएको छ । यस सम्झौतालाई विश्व बैंकले वन तथा वातावरण संरक्षणका लागि कोशेढुंगा भएको उल्लेख गरेको छ ।
बुधबार भएको सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदद जोर्भोसले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाका अनुसार उत्सर्जन न्यूनिकरण परिणाममा आधारित यो तहको भुक्तानी नेपालमा पहिलो पटक हुन लागेको हो । सम्झौताअनुसार यो रकम नेपालले सन् २०२५ भित्र प्राप्त गरिसक्ने छ । अहिले भएको सम्झौता अनुसार यो अवधिमा नेपालले तराई क्षेत्रबाट करीव ९० लाख टन कार्बडाइअक्साइड कटौती गर्ने अपेक्षा गरिएको छ ।
यस सम्झौतालाई कार्वनडाइअक्साइड बिक्रीका रुपमा पनि लिने गरिन्छ । नेपालमा सामुदायिक वन संरक्षणको तीन दशक अगाडिदेखिको अभ्यासले उत्सर्जन न्यूनीकरण कार्यक्रमको आधार बनेको विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदद जोर्भोसले बताए ।
नेपालमा वनजंगलमा आधारित जलवायु परिवर्तन सम्बन्धी असर कम गर्ने रणनीतिक कार्यक्रम भएको समेत उनले बताए । सम्झौताले समुदायलाई वन तथा वातावरणमा प्रोत्साहित गर्ने समेत उनको भनाइ छ ।
तराई क्षेत्रमा वन फँडानी कम गर्दै वनले ढाकेको क्षेत्रफल बिस्तारमा समेत यो रकम खर्च हुनेछ । तिब्र शहरीकरण, बढ्दो जनसंख्या, औद्योगिक विकास, पूर्वाधार निर्माणजस्ता कारणले तराई भेगमा वन तथा वातावरण संरक्षण चूनौतीपूर्ण बन्दै गएको छ । वन क्षेत्रले ओगटेको २० प्रतिशत भुभागमा वन संरक्षणको काममा समेत यो कार्यक्रम आकषिर्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय