१४ फागुन ।कमलपोखरीमा नागरिक अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको हो।
बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो। नागरिक अभियन्ताहरुले त्यसको विरोध गर्दै भत्काउन खोज्दा अभियन्ता र प्रहरीसँग धक्कामुक्की भएको हो।
अभियन्ताहरु नारायण वाग्ले, आलोकसिद्धि तुलाधर, राजेन्द्र महर्जनलगायत ४०र५० जनाको समूह संरचना भत्काउन पुगेको थियो।
उनीहरुले कंक्रिट नराख्न भन्दै आएका थिए। हिजो बनाएको देखेपछि आज उनीहरु त्यहाँ पुगेका हुन्।
अभियन्ताहरुले महानगरपालिका पुगेर भोलि विरोध गर्ने जनाएका छन्।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs