Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

फागुन १४। पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ ।
सो प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ । यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ । कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी आज सम्झौता समेत भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताए । देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए । कोषका सदस्य सचिव डा प्रदीप ढकालले सामान किनमेल गर्दा पैसा दिने प्रणाली हुँदा कतिपय अवस्थामा पैसा फिर्ता लिन मन नलाग्ने अवस्थाबाट प्रविधिले मुक्ति दिएको बताए । एकपटक रु २०० को सामान किन्दा पसलेले रु ३०० फिर्ता दिनुपर्नेमा उनीसँग खुद्रा पैसा नभएर मासु पसलमा साट्न गएपछि आफू फिर्ता नलिई हिँडेको घटना उनले सुनाए ।
बैंक अफ काठमाडौँ लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा पुर्याइने जानकारी दिए । बैंकले बालाजुस्थित माछापोखरीको तरकारी बजारमा यही प्रणालीबाट भुक्तानीको व्यवस्था गर्न लागेको छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय