Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
जीर्ण भवनमा हुलाक कार्यालय
Nepali Unicode | Preeti to Unicode

१४ फाल्गुन । चितवनको रामपुरमा रहेको इलाका हुलाक कार्यालयको भवन मर्मतसम्भार नहुँदा जीर्ण बनेको छ । विसं २०३१ देखि २०४१ सम्म सञ्चालित एआइडी परियोजनाका बेला निर्माण गरिएको भवन जीर्ण बनेको हो । जीर्ण भवनमा सेवा प्रवाहमा समस्या हुनुका साथै जोखिम बढ्दैै गएको छ । कार्यालयका निमित्त प्रमुख ओमबहादुर भुजेल भवन निकै जीर्ण भएकाले त्रासमा काम गर्नुपरेको बताउनुहुन्छ ।
विसं २०६६ देखि सोही कार्यालयमा कार्यरत उहाँले उक्त भवनलाई २०७२ को भूकम्पले थप क्षति पुर्याएको बताउनुभयो । “भवनका भित्ता पनि चर्किसकेको र बालुवा झर्ने गरेको छ”, उहाँले भन्नुभयो, “पानी पर्दा चुहिने र कागजपत्र भिज्ने गरेको छ ।” हुलाक रहेको भवन र जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । भवन मर्मत हुन नसक्नुमा विश्वविद्यालयको स्वामित्व नै प्रमुख कारण भएको भुजेलको भनाइ छ । अरुको भवन भएकाले मर्मतका लागि हुुलाक विभागले बजेट नदिएकाले भवन मर्मत हुन नसकेको उहाँले बताउनुभयो । “हामीले जिल्ला हुलाक कार्याललाई आग्रह गर्छौँ, जिल्ला हुलाकले विभागले बजेट दिएको छैन भन्छ”, उहाँले भन्नुभयो । विश्वविद्यालयले कुनै चासो नदिएको उहाँ बताउनुहुन्छ ।
यसअघिका प्रमुखहरुले सबै निकायसँग पटकपटक आग्रह गरेको भए पनि कतैबाट सहयोग नभएको उहाँले दुखेसो पोख्नुभयो । कार्यालयमा निमित्त प्रमुख भुजेल स्थायी कर्मचारी हुनुहुन्छ भने अन्य दुई करारमा कार्यरत छन् । पहिलेको तुलनामा चिठ्ठीपत्र पनि कम आउने गरेको भुजेलले जानकारी दिनुभयो । “व्यक्तिगत चिठ्ठीहरु आएका छैनन् तर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक कार्यालयलगायत अन्य सङ्घसंस्थाका चिठ्ठीपत्र भने आइरहेका छन्”, उहाँले भन्नुभयो, “बैंकबाट ऋण लिनेहरु बढ्दै गएकाले हुलाक कार्यालयमा बैंकबाट आउने चिठ्ठीपत्र बढ्दै गएका छन् ।” कर्मचारीको सङ्ख्यामा पनि कमी हुँदै गएकाले विगतका दिनभन्दा कार्यालयमा कर्मचारीको काम बढेको उहाँले बताउनुभयो ।
जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख इमनाथ कँडेलले हुलाक विभागमा उक्त भवन मर्मतका लागि बजेट मागिएको जानकारी दिनुभयो । बजेट आएपछि मर्मत गरिने उहाँको भनाइ छ । यदि बजेट नआएमा र भवनमा बस्न समस्या भएमा हुलाक कार्यालयलाई भाडाको भवनमा सार्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका कामु उपप्रशासक दिनेश अधिकारीले विश्वविद्यालयमा नै हुलाक कार्यालय चाहिएर स्थापना गरिएको बताउँदै कार्यालय अहिले पनि विश्वविद्यालयलाई अपरिहार्य भएकाले सहयोग गरिने बताउनुभयो । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय