Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित
Nepali Unicode | Preeti to Unicode

१३, फागुन । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेट्रिकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ ।
पहिलो खेप ब्लकमा ल्याउन लागिएको मल कलकत्ता आइपुगेको र शनिबारबाट नेपाल पठाउन उक्त मलको अनलोड सुरु हुने कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी विष्णु पोख्रेलले बताए । ‘मल पहिलो खेप कलकत्ता आइपुगेको छ अब भोलिबाट नेपाल ल्याउन अनलोड सुरु हुन्छ,’ सूचना अधिकारी पोख्रेलले भने ।
कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ । भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।
बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो । दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय