Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

फागुन १३ ।भारतीय र पाकिस्तानी सेनाले जम्मु र कास्मिर क्षेत्रमा युद्धविरामलाई कडाइका साथ पालना गर्ने सहमति गरेका छन्।
बिहीबार दुबै देशका सेनाले संयुक्त विज्ञप्ति जारी गर्दै फेब्रुअरी २४ को मध्यरातबाट युद्धविरामलगायत अन्य सबै सम्झौताहरूको पालना गर्ने सहमति भएको जानकारी दिएका छन्।
भारतका सैन्य अपरेशनका महानिर्देशक लेफ्टिनेट जर्नेल परमजित सिंह र पाकिस्तानी मेजर जर्नेल नौमान जाकारियाबीच हटलाइनमार्फत् भएको कुराकानीपछि यो सम्झौता भएको हो।
उनीहरूले लाइन अफ अन्ट्रोल ९एलओसी०को पछिल्लो अवस्थाको पनि समीक्षा गरेका थिए।
ुदुबै पक्षले सबै सम्झौता, समझदारी र एलओसीमा युद्धविरामको कडा पालना गर्न सहमत भएका छन्,ु विज्ञप्तिमा भनिएको छ।
महानिर्देशक सिंहले दुबै देशले एक अर्काको प्रमुख चासो र चिन्ताहरूको समाधान खोज्ने बताएका थिए।
सन् २०१९को पुलावामाको आत्मघाती बम विस्फोटपछि दुई राष्ट्रबीच सीमा क्षेत्रमा गोलीबारी भइरहन्थे।भारतले जम्मु र कास्मिरको विशेषाधिकार खोसेसँगै भारत र पाकिस्तानबीच तनाव बढेको थियो।
भारतले युद्धविरामको सम्झौता गरे पनि त्यसक्षेत्रबाट सेनाहरू घटाउने सहमति नभएको बताइएको छ।
ुयसको मुख्य उद्देश्य एलओसीमा शान्ति कायम गरिराख्नु र स्थानीयले पीडा भोग्न नपरोस् भन्ने हो,ु एक भारतीय अधिकारीले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
भारत र पाकिस्तानले सन् २००३ मै एलओसीमा युद्धविराम गर्ने घोषणा गरेको थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय