Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

नायिका केकी अधिकारीले आफूले बिहेको दबाब पार गरिसकेको बताएकी छिन् । चलचित्र ‘बोक्सीको घर’को छायांकनमा व्यस्त रहेकी केकीले भनिन्–‘बिहेको दबाब त मैले पार गरिसकेकी छु । बिहेको अगाडि नाक छेड्नुपर्छ भनेर छेडेकी छु । तर, यसले अहिले हैरान बनायो । खै, अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि के हो रु’
नायिका अधिकारीको नाम केही समयदेखि गायक आर्जन पाण्डेसँग जोडिएको छ । तर, केकी र आर्जनले यो बिषयमा केही पनि बताएका छैनन् । चलचित्र ‘बोक्सीको घर’को निर्देशनबाट सुव्रतराज आचार्यले हात झिकेको बिषयमा केकीले भनिन्–‘उहाँले चलचित्र के घर के डेराको छायांकन सुरु गर्ने बताउनुभयो । बोक्सीको घर र के घर के डेराको छायांकन समय जुध्ने भएपछि सहमतीमै उहाँ निस्किनु भएको हो ।’
‘कमेडी च्याम्पियन’की निर्मात्री समेत रहेकी केकीले आफूलाई पहिलो सिजनमा आर्थिक समस्या निकै परेको बताइन् । तर, यसपटक भने आर्थिक समस्याबाट पार भएकाले पनि केही हलुका भएको उनको तर्क थियो ।
कमेडी शोको निर्मात्री भएपछि आफूमा सेन्स अफ ह्यूमर कत्तीको बढ्यो भन्ने प्रश्नमा केकीले भनिन्–‘मैले त्यो पाटोतिर हेर्नै पाएकी छैन । पहिलो सिजनमा त मलाई अर्थको नै समस्या थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय