Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नायिका केकी अधिकारीले आफूले बिहेको दबाब पार गरिसकेको बताएकी छिन् । चलचित्र ‘बोक्सीको घर’को छायांकनमा व्यस्त रहेकी केकीले भनिन्–‘बिहेको दबाब त मैले पार गरिसकेकी छु । बिहेको अगाडि नाक छेड्नुपर्छ भनेर छेडेकी छु । तर, यसले अहिले हैरान बनायो । खै, अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि के हो रु’
नायिका अधिकारीको नाम केही समयदेखि गायक आर्जन पाण्डेसँग जोडिएको छ । तर, केकी र आर्जनले यो बिषयमा केही पनि बताएका छैनन् । चलचित्र ‘बोक्सीको घर’को निर्देशनबाट सुव्रतराज आचार्यले हात झिकेको बिषयमा केकीले भनिन्–‘उहाँले चलचित्र के घर के डेराको छायांकन सुरु गर्ने बताउनुभयो । बोक्सीको घर र के घर के डेराको छायांकन समय जुध्ने भएपछि सहमतीमै उहाँ निस्किनु भएको हो ।’
‘कमेडी च्याम्पियन’की निर्मात्री समेत रहेकी केकीले आफूलाई पहिलो सिजनमा आर्थिक समस्या निकै परेको बताइन् । तर, यसपटक भने आर्थिक समस्याबाट पार भएकाले पनि केही हलुका भएको उनको तर्क थियो ।
कमेडी शोको निर्मात्री भएपछि आफूमा सेन्स अफ ह्यूमर कत्तीको बढ्यो भन्ने प्रश्नमा केकीले भनिन्–‘मैले त्यो पाटोतिर हेर्नै पाएकी छैन । पहिलो सिजनमा त मलाई अर्थको नै समस्या थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय