Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १३ । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा नेपोटिज्मको बहस खुबै चर्कियो । यो बहसको निशानामा परिन् नायिका आलिया भट्ट । आलियाको चलचित्र बहिष्कार गर्नुपर्ने माग उठ्यो । उनले अभिनय गरेको चलचित्र ‘सडक २’को ट्रेलर र गीतमा लाइक भन्दा डिसलाइक धेरै आयो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भयो ।
बलिउडमा नेपोटिज्मको बहस यसरी चर्किएको थियो कि, आलियाले आफ्नो सामाजिक संजालमा प्रतिक्रिया नै दिन नमिल्ने बनाएकी थिइन् । अत्याधिक मात्रामा गाली र अश्लिल प्रतिक्रिया आउन थालेपछि आलिया सामाजिक संजालबाट केही समय टाढा भइन् ।
उनै, आलियाले अभिनय गरेको चलचित्र ‘गंगुबाई काठियावाडी’को टिजर रिलिज भएको छ । यो टिजरमा आलिया मात्रै छाएकी छिन् । आलियाको कामको प्रशंसा सामाजिक संजालमा देखिन्छ । उनले बोलेका संवाददेखि उनको हाउभाउले दर्शकको मन छोएको छ ।
परिवारकै कारणले बलिउडमा आएपनि आलिया अभिनयको खानी भएको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । केही महिना अगाडि मात्र नेपोटिज्मको शिकारमा परेकी आलिया यतिबेला भने सर्वत्र चर्चामा छिन् ।
संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो ।
यो चलचित्रले आलियाको अभिनयलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ । बलिउडका पण्डितहरुले यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय