Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१३ फागुन । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीए का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।
जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ । कम्पनीले आफ्नो खोप ८८ प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।
यो खोप कोरोनाका नयाँ प्रकार भेरियन्ट नियन्त्रणका लागि भने ६६ प्रतिशत प्रभावकारी पाइएको थियो । मानव परीक्षणको क्रममा यो खोपको प्रभावकारिता फरक फरक मुलुकमा फरक फरक पाइएको थियो । यसअघि जोन्सन एण्ड जोन्सनले खोपको प्रभावकारिताबारे कुनै विवरण सार्वजनिक गरेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय