Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

१३ फागुन । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि जित निकालेको छ। क्याम्पनाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले एल्चेमाथि ३-० गोलअन्तरको सानदार जित निकालेको हो।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गर्दा जोर्डीअल्बाले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनालाई मेस्सीले अग्रता दिलाएका थिए। खेलको ४८ औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा गोल गरेका मेस्सीले दोस्रो गोल ६८ औं मिनेटमा दोस्रो गोल थपे। त्यस्तै ब्रेथवेटकै पासमा ७३ औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाले ३-० को सहज जित निकाल्यो।
जितसँगै बार्सिलोना तालिकाको तेस्रो स्थानमा कायम छ। बार्सिलोनाले २४ खेलबाट ५० अंक जोडेको छ भने शीर्ष दुईमा रहेका एट्लेटिको मड्रिड र रियल मड्रिडले क्रमश २३ र २४ खेलबाट ५५ र ५२ अंक जोडेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय